आचार्यको पक्षमा न्याय माग्दै युवाहरूले गरे झापामा शान्तिपूर्ण र्‍याली

झापा | माघ ११, २०७९

आचार्यको पक्षमा न्याय माग्दै युवाहरूले गरे झापामा शान्तिपूर्ण र्‍याली तस्बिर साभार

झापा:  संघीय संसद् भवन नयाँ बानेश्वर अगाडि आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको पक्षमा न्याय माग्दै झापामा युवाहरूले प्रदर्शन गरेका छन्। 


युवाहरूले विर्तामोडको मुक्ति चोकमा अनसनसहितको शान्तिपूर्ण र्‍याली गरेका छन्। आचार्यको पीडा धेरै नेपालीसँग भएको र यस्तो नदोहोरिन सरकारले कदम चाल्नुपर्ने माग गर्दै विर्तामोड नगरपालिका ४ का माधवकुमार झा मुक्ति चोकमा अनसन बसेका छन्। 


बिहान ११ बजेदेखि पानी खाने तर अन्न नखाने गरी अनिश्चितकालीन अनसन थालेको झाले बताए।  


बैंक तथा वित्तीय संस्थाको दबाबको कारण आचार्यले ज्यान आहुती दिएको भन्दै त्यस्ता कर्मचारीहरूको छानबिन गरी आत्महत्या दुरुत्साहनको अभियोग लगाउनुपर्ने उनको माग छ।


विर्तामोड र मेचीनगरका स्वतन्त्र युवाहरूले शान्तिपूर्ण दबाब र्‍याली गरेका छन्। ‘जनता जलिरहेको राज्य आगो तापिरहेको छ, युवा जल्यो व्यवस्थालाई किन पोलेन ?, जलेर मर्नु र मरेर जल्नुमा फरक छ नि सरकार’ जस्ता प्लाकार्डसहित उनीहरूले मुक्ति चोकमा र्‍याली निकालेका हुन्। 

पोखरा:     कास्कीको माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने गण्डकी प्रदेश पालिकास्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८२ को तयारी पुरा भएको छ ।  ...

थप पढ्नुहोस्

पोखरामा सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।    सोमबार बिहान पोखरा महानगरपालिका–८ सभागृह चोकमा ग.२ च.२१६२ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका–२० भल...

थप पढ्नुहोस्

पोखरा ।    पोखराको लेकसाइडमा हुने दोस्रो संस्करणको ‘वाडा अटो शो’को तयारी अन्तिम चरणमा पुगेको छ ।   पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोशियसन (वाडा) ले आयोजना गर्ने अटो शो...

थप पढ्नुहोस्